२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

प्रचण्ड पत्नी सीता दाहालकाे स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट ‘डिस्चार्ज’ 

१४ माघ, काठमाडौं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालकाे स्वास्थ्यमा सुधार भएपछि सोमवार अस्पतालले डिस्चार्ज गरेकाे छ । माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराएकी उनको स्वास्थ्यमा सुधार आएपछि सोमवार  डिस्चार्ज गरिएको हो ।

उनलाई आइतवार आइसीयूबाट जनरल वार्डमा सारिएको थियो । उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माका अनुसार जनरल वार्डमा उनको निगरानीपश्चात् स्वास्थ्यमा सुधार देखिएपछि सोमवार डिस्चार्ज बताएका छन् ।

प्रकाशित मिति : 15:29