२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

अर्घाखाँचीमा कर्मचारी चढेको गाडी दुर्घटना, ५ जना घाइते

१४ माघ, बुटवल  । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । पाणिनी गाउँपालिका ४ पात्ला पोखरी लेखी मुनि त्रिवेणी भन्ने ठाउँमा गाडी दुर्घटना भएको हो ।  लु १ च ९०४६ नम्बरको गाडीमा गाउँपालिकाका लेखा अधिकृत नारायण पौडेल, सुब्बा रामकुमार भट्टराई, पशुपति खनाल, रविन्द्र न्यौपाने, चालक सागर घिमिरे गाडीमा सवार थिए ।

घाइते ५ जना सामान्य घाइतेलाई उपचारका लागि पाल्पा मिसन हस्पिटलमा लगिएको वडाअध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । बाटो उकालो रहेको थियो । गाडी सडकबाट करिब १०० मिटर तल खसेको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउँदै गरिएको जनाइएको छ ।

प्रकाशित मिति : 13:57