मोरङमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु, १० भन्दा बढी टिपरमा आगजनी र तोडफोड
१४ माघ, मोरङ । मोरङको सुन्दर हरैंचा नगरपालिका ९ सिसौघारीमा टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि १० भन्दा बढी टिपरमा अागजनी र तोडफोड भएको छ । प्रहरीका अनुसार सोमबार बिहान विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको छ ।
तीव्र गतिमा रहेको टिप्परले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । ठक्कर दिएर भाग्दै गरेको टिप्पर बेलेपुर चोक नजिकै सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परे लगत्तै स्थानीयले टिप्परमा आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले बताए । उनका अनुसार दुर्घटनापछि स्थानीयबासिन्दाले सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरेका छन् ।
प्रकाशित मिति : 12:18









