नेपाली कांग्रेस निकटका चिकित्सकहरू आजदेखि त्रिवि शिक्षण अस्पतालमा रिले अनशन बस्दै
१४ माघ, काठमाडौँ । मेडिकल कलेजको सिण्डिकेट तोड्नेगरी सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेय प्रतिनिधिसभाबाट पारित गराएपछि विक्षिप्त बनेको नेपाली कांग्रेस सडक आन्दोलनमा निस्किएको छ । आफ्नो सबै भ्रातृ संगठन र कार्यकर्तालाइ आन्दोलनमा उत्रन कांग्रेसले निर्देशन दिएपछि नेविसंघले सडकमा अराजकता सिर्जना गर्न सुरू गरिसकेको छ ।
त्यस्तै कांग्रेस समर्थित चिकित्सकहरूले आज सोमबारदेखि त्रिवि शिक्षण अस्पतालमा रिले अनशन बस्ने भएका छन । पार्टीको निर्देशन अनुसार नेपाल चिकित्सक संघमा आबद्ध चिकित्सकहरू रिले अनशनमा बस्न लागेका हुन । नेपाली कांग्रेसको भ्रातृ संस्थाको रूपमा काम गर्दै आएको आरोप लागेको संघका अध्यक्ष मुक्ति श्रेष्ठ त्यसरी नबुझिदिन आग्रह गर्छन ।

नेपाल विद्यार्थी संघका पूर्व नेता गोविन्द केसी यसपटक कम्युनिष्ट सिध्याउछु भनेर अनशनमा रहेका छन । केसीको कम्युनिष्ट सक्ने घोषणामा कांग्रेस र चिकित्सक संघ पनिसँगै आन्दोलनमा होमिएका छन । कांग्रेस र केसीले पहिलो चरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा समेत मागेका छन ।
प्रकाशित मिति : 09:08









