२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

अख्तियार भित्रै घुसको लेनदेन, असई जन्मदेव जैसी अधिकारी चार लाख घुससहित पक्राउ

१३ माघ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका नेपाल प्रहरीका एक असई चार लाख घुससहित पक्राउ परेका छन । अायोगको क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत असई जन्मदेव जैसी अधिकारी अाइतबार चार लाख घुससहित पक्राउ परेका हुन ।

आइतवार साँझ नेपालगन्जबाट अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले चार लाख घुससहित अधिकारी पक्राउ गरेको हो । एकजना इन्जिनियरसँग घुस उनी पक्राउ परेका हुन । उक्त इन्जिनियरको नाम खुलाइएको छैन । पक्राउ परेका अधिकारीलाइ काठमाडाैँ ल्याइदैछ ।

प्रकाशित मिति : 23:23