२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

पोखराको बगरमा एनआईसी एशिया बैंकको नयाँ शाखा सञ्चालनमा

१३ माघ, कास्की । एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका–१, बगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले अाइतबार उद्घाटन गरे। शाखाले कारोबार भने गत श्रावण २५ गतेदेखि नै सञ्चालन गर्दै अाएको थियो ।

शाखाको उद्घाटन पछि निर्देशक पौडेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याएको बताए ।

मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

प्रकाशित मिति : January 27, 2019 at 10:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/