आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र काठमाडौं नेश्नल मेडिकल कलेजबीच सम्झौता
२१ असाेज, काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र घट्टेकुलोमा रहेको काठमाडौं नेश्नल मेडिकल कलेज तथा टिचिङ हस्पिटल रएसबी हेल्थ केयरबीच नगद रहित (क्यासलेस) सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं नेश्नल मेडिकल कलेज तथा टिचिङ हस्पिटल रएसबी हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत जहान्गिर अन्सारीले हस्ताक्षर गरे।
यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म काठमाडौं नेश्नल मेडिकल कलेज तथा टिचिङ हस्पिटल रएसबी हेल्थ केयरबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।
साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौं नेश्नल मेडिकल कलेज तथा टिचिङ हस्पिटल रएसबी हेल्थ केयरले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशसेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने भन्दै ढुक्क भएर सेवा लिन आव्हान गरे ।
सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत जहान्गिर अन्सारीले अस्पतालसँग सन्तुष्ट ग्राहकमहानुभावहरुको संख्यामा वृद्धि हुँदै गएको । कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए।
प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १७:५१












