बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीमा जाँदै अखिल
२१ असोज, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा केहीबेरपछि जाहेरी दिन जाने स्रोतले जनाएकाे छ । सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरुको हत्या गरिएको लगायतका विषयमा बालेन र सुधनलाई आरोपित गर्दै जाहेरी दिने तयारी गरिएको हो ।
प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १६:४६












