१ मंसिर २०८२, सोमबार | Mon Nov 17 2025

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, प्रतितोला २ लाख ३५ हजार नाघ्यो

२१ असोज, काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो कारोबारको दिन छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँ कायम भएको थियो । यसैगरी आज चाँदीको मूलय भने स्थिर रहेको छ । चाँदीको मूल्य यस दिन प्रतितोला २ हजार ९६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १०:५५