२२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

२० असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ ।

यो हालसम्म कै उच्च मूल्य पुगेको हो । यसअघि असोज १९ मा सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको थियो ।यसैगरी आज चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १०:५५