२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

२० असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ ।

यो हालसम्म कै उच्च मूल्य पुगेको हो । यसअघि असोज १९ मा सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको थियो ।यसैगरी आज चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : October 6, 2025 at 10:55 am