२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

दर्ता नभएका अनलाइन बन्द गर्दै सरकार, सूचना विभागमा सञ्चारमन्त्री बाँस्कोटाकाे छड्के

१३ माघ, काठमाडौँ ।  नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना विभागमा छड्के निरीक्षण गरेका छन् । मध्याह्न १२ बजे सूचना विभागको कार्यालय पुगेका मन्त्री बाँस्कोटाले कार्यालयभित्र सेवा प्रदान हुने सबै कोठामा पुगेर निरीक्षण गरे । मन्त्री बाँस्कोटालाई सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले ब्रिफिङ गरेका थिए ।

निरीक्षणका क्रममा मन्त्री बाँस्कोटाले बैंक स्टेटमेन्ट र श्रमजीवी पत्रकार तथा कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराएको कागजात विना मिडियाको नवीकरण नगर्न तथा आवश्यक कागजात नपुगी भनसुन र दबाबका भरमा कुनै पनि काम नगर्न कडा निर्देशन दिए । साथै उनले सूचना विभागमा दर्ता नभएका अनलाइनसहितका मिडियालाई बन्द हुनसक्ने समेत बतएका छन ।

प्रकाशित मिति : 14:01