काठमाडौँको टेकुमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
१४ असोज, काठमाडौँ । काठमाडौँको टेकुमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
सोमबार बिहान काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सडकमा बीएइ ३४६६ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : September 30, 2025 at 11:39 am









