धादिङको रुबीभ्याली गाउँपालिकामा पहिरोले पुरिएर दुई जना बेपत्ता
१३ माघ, धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर रुबीभ्याली गाउँपालिका–४ हिन्दुङका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका हुन् ।

गाउँ नजिकैकाे जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरो गएपछि उनहरू पुरिएका हुन् । हराइरहेकाहरूकाे स्थानियले उद्धार गर्न खोजेपनि सकेका छैनन् ।
गाउँमा कुहिरो लागेकाले केही समय ढिला भएपनि हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए
प्रकाशित मिति : 12:54







