२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

मौसम खुल्नेबित्तिकै त्रिभुवन विमानस्थलमा जहाजको चाप बढ्याे, जहाज ‘ल्याण्ड’ गर्न समस्या

१३ माघ, काठमाण्डाै  । मौसमको खराबीका कारण आइतबार बिहान उडान र अवतरण अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  मौसम खुल्नेबित्तिकै  हवाई उडान र अवतरणमा चाप बढेको छ ।

 

दोहाबाट आउँदै गरेको कतार एयरवेजको जहाजले अवतरणको लागि प्रयास गरे पनि अवतरण गर्न सकेको छैन । यसअघि सिमरामाथिको आकाशमा पाँच फन्का लगाएको यो जहाजले विमानस्थलमाथि तीन फन्को लगाउँदासम्म अवतरण हुन नसकेको हो । केहीबेरमा ल्याण्ड गर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 12:13