मौसम खुल्नेबित्तिकै त्रिभुवन विमानस्थलमा जहाजको चाप बढ्याे, जहाज ‘ल्याण्ड’ गर्न समस्या
१३ माघ, काठमाण्डाै । मौसमको खराबीका कारण आइतबार बिहान उडान र अवतरण अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खुल्नेबित्तिकै हवाई उडान र अवतरणमा चाप बढेको छ ।

दोहाबाट आउँदै गरेको कतार एयरवेजको जहाजले अवतरणको लागि प्रयास गरे पनि अवतरण गर्न सकेको छैन । यसअघि सिमरामाथिको आकाशमा पाँच फन्का लगाएको यो जहाजले विमानस्थलमाथि तीन फन्को लगाउँदासम्म अवतरण हुन नसकेको हो । केहीबेरमा ल्याण्ड गर्ने विमानस्थल कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : 12:13









