२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

दुर्घटनामा गम्भीर घाइते भएका बाराका सिडिओ गणेश भट्टराईलाई हेलिकप्टरबाट काठमाडाैँ ल्याइदै

१३ माघ, काठमाडाैँ । शनिबार बारामा स्कारपियो दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराईलाई आज बिहान हेलिकप्टरबाट काठमाडौँ ल्याइँदैछ ।  हाल नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ। त्यहाँबाट उनलाइ थप उपचारका लागि गएराति ११ बजेसम्म नाइटभिजनबाट काठमाडौंँ ल्याउने प्रयास गरिएपनि असफल भएपछि आज बिहान काठमाडौँ ल्याउन लागिएको भट्टराईका भान्जा पदम घिमिरेले बताएका छन ।

सिडिओ भट्टराई सवार बा १ झ १६३३ नम्वरको स्कारपिओ शनिबार राति पूर्व पश्चिम राजमार्गमा पर्ने बाराको पसाहा पुल नजिक दुर्घटना हुँदा बारामा कार्यरत सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा घाइते प्रजिअ भट्टराईको अबस्था चिन्ताजनक छ। उनको दुर्घटनामा प्रजिअ भट्टराईका गाडी चालक जगतप्रसाद पटेल, अंगरक्षक शम्भु गुरुङ र एसपीका अंगरक्षक सञ्जयकुमार यादव सामान्य घाइते छन्। तीनैजनाकाे हेल्थ केयर अस्पताल बीरगञ्जमा उपचार भईरहेकाे छ।

प्रकाशित मिति : 08:46