२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१० असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको हो ।

बैंकले सेयरधनीलाई चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी ५.२६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार ११:५६