२४ भदौ २०८३, बुधबार | Thu Sep 10 2026

नेपाल प्रहरीले ठूलो संख्यामा माग्यो जनशक्ति (सूचनासहित)

१० असाेज, काठमाडाैँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवान र कार्यालय सहयोगी भर्नाको लागि दरखास्त आह्वान गरेको

आज प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले एक सूचना जारी गर्दै प्रहरी जवान र अन्य पदको लागि दरखास्त आह्वान गरेको हो।

जनपद प्रहरी जवानतर्फ १ हजार ५५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही असोज १९ गतेदेखि आगामी कात्तिक २८ गतेसम्म निवेदन दिन सक्नेछन्। खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दो विधाका खेलाडीले मात्रै दरखास्त दिने सक्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : September 26, 2025 at 8:27 am