२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

नैनसिंह महरको असफलताले नेविसंघ विघटन, ‘माउ पार्टी’ कांग्रेसले भोलि निर्णय गर्ने

१२ माघ, काठमाडाैँ । अध्यक्ष नैनसिंह महरको असफलताले नेविसंघ विघटन हुने निश्चित भएको छ । दुई पटक कार्यकाल थपिएको नेपाल विद्यार्थी संघलाई ‘माउ पार्टी’ नेपाली कांग्रेसले भोलिदेखि भंग गर्ने भएको छ। कांग्रेसले भदौ दुईमा कार्यकाल सकिएको वर्तमान कार्यसमितिलाई दुई पटक गरी पाँच महिना अवधि थपेको थियो ।

पार्टीले थपिएको अवधिमा १२औँ महाधिवेशन हुन नसकेपछि संघलाई विघटन गर्न लागेको हो। आइतबार बस्ने केन्द्रीय समिति बैठकले संघलाई तदर्थ समिति गठनको बाटो खुला गर्ने एक केन्द्रीय सदस्यले दैनिकीलाइ जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार २३:१७