२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको दुर्घटनामा मृत्यु

१२ माघ, काठमाडाैँ । सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको छ । शनिबार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा पोखरेल चढेको गाडी दुर्घटनामा परेको हो । पोखरेलसँगै बाराका सिडिओ गणेश भट्टराई पनि सोही गाडी चढेका थिए ।

दुर्घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा लगिएका पोखरेललाइ चिकित्सकले मृत घोषणा गरेका थिए । सिडिओ भट्टराईसहति अन्य तीन जना गम्भीर घाइते रहेका भएका छन । तीनै जनालाइ थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । अन्य घाइतेमा गाडी चालक जगत पट्टेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ रहेका छन ।

सिडिओ सवार गाडी पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक दुर्घटना भएको हो। सिडिओ सवार गाडी रोकिराखेको ट्याक्टरको ट्रेलरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 22:06