१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

‘कांग्रेसलाई जिस्काउनेहरू यसरी सकिए’ सामाजिक सञ्जालमा भाइरल

१३ माघ, काठमाडाैँ । अहिले सामाजिक सञ्जालमा ‘कांग्रेसलाई जिस्काउनेहरू यसरी सकिए’ भन्ने भाइरल भएको छ । प्रतिनिधिसभाको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि कांग्रेस नेता गगन थापाले कांग्रेसलाइ जिस्काउनेहरू सकिने चेतावनी दिएका थिए । त्यस लगत्तै सामाजिक सञ्जाल हजाराैँ प्रयोगकर्ताहरूले ट्वीटर र फेसबुकमा ‘कांग्रेसलाई जिस्काउनेहरू यसरी सकिए’  भन्दै विगतमा कांग्रेसका कारण धराशायी र बन्द भएका उद्योग र संस्थाहरूको सूची सेयर गरिरहेका छन ।

सामजिक सञ्जाल प्रयोगकर्ताले ट्रलीबल, हिमाल सिमेन्ट, उदयपुर, सिमेन्ट, बाँसबारी छालाजुत्ता, जनकपुर चुरोट, हेटाैँडा कपडा, विराटनगर जुटमिल, आयुर्वेदिक औषधालय, भृकुटी कागज, औषधि लिमिटेड लगायतका संस्थाहरू कांग्रेसलाइ जिस्काएकै कारण कुनै समय सकिएका भन्दै टिप्पणी गरेका छन । हामीले हजाराैँमध्येबाट फेसबुक र ट्वीटरबाट एक/एक टिप्पणी यहाँ राखेका छाैँ ।

ट्वीटरमा निराजन शर्मा (उमेश दुलाल) लेख्छन


फेसबुकमा अमृत वली धनुष लेख्छन

प्रकाशित मिति : January 27, 2019 at 9:27 am