२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

लमजुङका शिक्षक शमशेर थापा १० करोड रूपैयाँको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट

१२ माघ, काठमाडाैँ । अन्तर्राष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि लमजुङका शिक्षक शमशेरबहादुर थापा छनौट भएका छन् ।बेसीशहर–३, गाउँशहरका थापा ८ वर्ष डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल रहेका थापाले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन हिल एकेडेमी र चण्डिस्थानमा न्यू भिजन एकेडेमीको सञ्चालन गर्दै अाएका छन ।

एक मिलियन अमेरिकी डलर अर्थात झण्डै १० करोड १२ लाख रुपैयाँ भन्दा बढीको उक्त पुरस्कारका लागि थापा छनाैट भएको बेलयती संस्था भार्की फाउन्डेसनले जनाएको छ । विश्वका १७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपालबाट थापा छानिएका हुन् ।

अनलाइन माध्यमबाट उक्त पुरस्कारको दाबी गर्दै १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए । तीमध्येबाट ३८ देशका ५० जना छनौटमा परेका छन । पुरस्कारको टप टेन नतिजा अागामी फेब्रुवरीमा सार्वजनिक हुनेछ । थापाले आफू पुरस्कृत भएमा पुरस्कारको रकम कक्षा ५ र ६ का विद्यार्थीहरुका लागि कक्षाकोठा बनाउन खर्चिने बताएका छन ।

प्रकाशित मिति : 20:14