केसीको अनशनलाई ढाल नबनाउन कांग्रेसलाई चिकित्सक संघकी कोषाध्यक्ष श्रेष्ठको आग्रह
१२ माघ, काठमाडाैँ । नेपाल चिकित्सक संघकी कोषाध्यक्ष रक्षा श्रेष्ठले डा गोविन्द केसीको अनशनलाई ढाल नबनाउन कांग्रेसलाई आग्रह गरेकी छिन । उनले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत अाफ्नो निजी बिचार भन्दै कांग्रेसलाई केसीको अनशनलाई ढाल नबनाउन अाग्रह गरेकी हुन । उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ठीक नभए नेपाली कांग्रेसले दुई तिहाई ल्याएर बिधेयक संसदबाट उल्ट्याउन सक्ने सुझाव समेत दिएकी छिन ।
उनले फेसबुकमा लेखेकी छिन ‘चिकित्सा शिक्षा बिधेयकमा डा. केसीको अधिकांश भावना र मर्म समेटिएको छ।५ प्रतिशत जुन समेटिएको छैन,सम्मानिय संसदले आफ्नो अधिकार राख्छ नै।सरकारी मेडिकल कलेज सात वटा प्रदेशमा खोल्ने आदि इत्यादि विषय सबै समेटिएको छ। अब सरकारले तिब्रताको साथ हामी जनताले अनुभूति गर्ने गरि काम अगाड़ी बड़ाउनु पर्छ।’

यस्तै उनले अघि लेखेकी छिन ‘चलिआएको व्यवस्थामा एम.बी.बी.एसको शुल्क फी उपत्यकामा ३८ लाख र उपत्यका बाहिर ४२ लाख तोकेको छ जुन फी गरीब परिवारले तिरेर पड़्नु सकतैनन। सरकारले गरीब अनि दुर्गम भूगोल को लागी पनि एम.बी.बी.एस पड़्ने व्यवस्था मिलाउनु पर्छ। चिकित्सा शिक्षा बिधेयकले केहि मेडिकल कलेजको सिंडिकेट तोड़ने भएकोले यस्को विरोध गरीरहेका छन।कांग्रेसले पनि विरोध गरीरहेका छन।यो बिधेयक राम्रो छैन भने कांग्रेसले दुई तिहाई ल्याएर यो बिधेयक संसद बाट उलट्यौदा भईहाल्छ…अनशनलाई ढाल बनाएर होईन..।’
प्रकाशित मिति : 19:46









