डा गोविन्द केसीलाई तत्काल पक्राउ गर्न अखिल क्रान्तिकारीको माग
१२ माघ, काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले नेपाल विद्यार्थी संघका पूर्व नेता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको हाडजोर्नी विभागमा कार्यरत डा गोविन्द केसीलाइ तत्काल प्रकाउ गरी कारबाही गर्न माग गरेको छ । अधिवक्ता समेत रहेका अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले सामाजिक सञ्जाल फेसबुक मार्फत केसीलाइ तत्काल पक्राउ गर्न माग गरेका हुन ।

वरिष्ठ उपाध्यक्ष बस्नेतले केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे निकृष्ट अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गर्नुपर्ने माग गरेका हुन । उनले लेखेका छन ।‘गोविन्द केसि त्रिभुवन विश्वविद्यालयको तलवभत्ता खाएर वसेका एक स्थायी प्राध्यापक हुन् । अरुलाई नैतिकताको पाठ पढाउन खोज्ने केसि आफै पढाउन र अप्रेसन गर्न छाडेर निरन्तर अनसन वस्छन्, आन्दोलन गर्छन् । भिसि, रेक्टर , रजिस्ट्रार कसैलाई फिटिक्कै टेर्दैनन्। यति सम्म पनि ठिकै छ ।वेलावेलामा देशका प्रतिष्ठित ब्यक्तित्वहरुलाई चोर, डाका, माफिया आदि भन्दै अनादरार्थी तुच्छ गाली गर्ने पनि छंदैछ। हुंदाहुंदा आफैंले जागिर खाने विश्वविद्यालयका कुलपति समेत रहेका सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्युलाई लिखित रुपमा नै जुन निकृष्ट शब्द प्रयोग गरेका छन्, त्यस आधारमा डा. गोविन्द केसिलाई तत्काल गिरफ्तार गरि कार्वाही गर्नुपर्छ। अब अति भयो ।’

शुक्रबार प्रतिनिधिसभाको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि त्यसको समर्थन र विरोधमा सामाजिक सञ्जाल रंगिएका छन । विधेयकको बिरोधमा गोविन्द केसीको अनशनको व्यापार गर्दै अाएका नेपाली कांग्रेस र विवेकशील साझा पार्टीका नेता कार्यकर्ता लागेका छन भने बाँकी सबैले विधेकले राम्रो व्यवस्थालाइ समेटेको भन्दै खुशी व्यक्त गरेका छन ।
प्रकाशित मिति : 16:20









