चालकको लापरवाहीले जन्तीबसमा करेन्ट लागेको विद्युत प्राधिकरणको दाबी
१२ माघ, धनुषा । नेपाल विद्युत प्राधिकरणले धनुषाको सबैला नगरपालिका—४ कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति हुनुमा चालककै लापरवाही रहेको दाबी गरेको छ । प्राधिकरणले अाफ्नो तर्फबाट लापरबाही नभएको भन्दै चालककै लापरबाहीले दुर्घटना भएको बताएको हो ।
प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले बसको छतमा राखिएको टिनको ट्यांकाले त्यहाँ रहेको ११ केभी प्रसारण लाइनको नांगो तारमा छुँदा करेन्ट प्रवाह भएको बताएका छन ।

उनले भने ‘समाचारमा आएजस्तो प्रसारण लाइनका तार तल झरेको छैन, सामान्य अवस्थामा नै छ’ उहाँले भन्नुयो, करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजका गाडी त्यहाँबाट गएको थियो त्यसमा केही भएन तर करेन्ट लागेको गाडीको छतमा ट्यांका राखिएको र त्यसले नाँगो तारमा छुँदा दुर्घटना भएको हो, यसमा चालकले ध्यान नदिएको देखिन्छ ।’
सबैला नगरपालिकाले प्राधिकरणको लापरबाहीले घटना भएको आरोप लगाएको थियो । कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कँदैं गरको बसमा शुक्रबार साँझ करेन्ट लाग्दा ६ जनाको ज्यान गएको थियो भने केही घाइते भएका थिए ।
यो पनि पढ्नुहोस्
–धनुषामा जन्तीबसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु, ६ जना घाइते
प्रकाशित मिति : 12:48









