धनुषामा जन्तीबसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु, ६ जना घाइते
११ माघ, धनुषा । प्रदेश नम्बर २ काे धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती जाँदै गरेको बसमा शुक्रबार साँझ करेन्ट लागेको हो । करेन्ट लागेर ६ जनाको मृत्यु भएको जनाइए पनि थप मृत्यु भएको हुनसक्ने आशंका गरिएकाे छ । ६ जना भन्दा बढी घाइते भएका छन ।

सडकमा बिजुलीको पोलमा जडान भएको ११ हजार भोल्टको तारमा छुँदा बसमा करेन्ट लागेको प्रत्यक्षदर्शीले बताएका छन । बसमा १५ जनाभन्दा बढी जन्ती सवार थिए । मृतकको शव अहिले पनि बसभित्रै छ भने घटनाको विस्तृत विवराण आउन बाँकी छ । भर्खरै घटनास्थलमा प्रहरी पुगेर घाइतेहरुको उद्धार र मृत्यु भएकाहरुको शव निकाल्ने काम भैरहेको छ । जन्ती सिन्धुली जिल्लाको कमलाखोजबाट बाल्टिया जाँदै गरेको थियो । (यसअघि मृतक र घाइतेको संख्यामा अन्यथा पर्न गएकाले सच्याइएको छः सम्पादक)
प्रकाशित मिति : 21:12









