१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

संविधान र कानून भन्दा माथि जाने कोशिश नगराैँः प्रधानमन्त्री ओली

१२ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान र कानून भन्दा माथि कोही नभएको र सबै आ आफ्नो मर्यादामा बस्नुपर्ने बताउनुभएको छ । स्वीटजरल्याण्डको भ्रमणबाट फर्किनु भएका प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय बिमानस्थलमा पत्रकार सम्मेलन गरी सो धारणा राख्नुभएको हो ।

‘भर्खरै स्वदेश फर्किएको छु, धेरै कुरा बुझेन बाँकी छ, तर यति भन्न चाहन्छु, संबिधान र कानून भन्दा माथि कोही पनि छैन, सबै आ आफ्नो मर्यादामा बस्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले संबैधानिकसंस्थाहरुको मर्यादामाथि आँच पुर्याउने काम कँही कतैबाट हुन नहुने पनि प्रष्ट पार्नुभयो ।

‘सम्वादबाट समस्याको समाधान गर्नूपर्छ, तर्क र तथ्यका आधारमा सम्वाद हुनुपर्छ, तथ्यमा आधारित भएका कुरा राख्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आवेश, उत्तेजनामा होइन, देशको हितलाई सर्वाेपरी राखेर काम गर्नुपर्छ, संबिधान भन्दा माथि छु कानून भन्दा माथिछु भन्ने कसैले ठान्नु हुन्न ।’

प्रधानमन्त्री ओलीले बिश्व आर्थिक मञ्चमा नेपालको पछिल्लो अवस्थाबारे प्रष्ट धारणा राखेको जानकारी दिँदै भ्रमणबाट आफू सन्तुष्ट रहेको बताउनु भयो । डा. गोबिन्द केसीका आरोपको सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले सवै संस्थाको सम्मान गर्दा मात्रै मलुकको हित हुने बताउनु भयो ।

‘कुनैपनि चिजको प्रक्रिया हुन्छ, प्रक्रियाबाट समस्याको समाधान गर्नुपर्छ, प्रक्रिया मिचेर होइन, तीन करोड जनसंख्या भएको देशमा एक दुई जनालाई चित्त नबुझन सक्छ, तर हामी सवैको प्रयाश र पहल बहुसंख्यक जनताको, देशकोहितमा काम गर्नूपर्छ भन्ने हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रकाशित मिति : January 26, 2019 at 12:16 pm