२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

एकै महिनामै वाणिज्य बैंकले कमाए ८ अर्ब बढी नाफाः ग्लोबलको सर्वाधिक, अन्य कुनको कति ?

१ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा मै वाणिज्य बैंकहरुले झन्डै साढे ८ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउनमा ८ अर्ब ३८ करोड २९ लाख ६० हजार रुपैयाँ नाफा कमाएका हुन् । अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएका थिए ।

साउनमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले नाफा कमाएको छ । यस अवधिमा बैंकले ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । त्यस्तै, यो अवधिमा सर्वाधिक नाफा कमाउने दोस्रोमा नबिल बैंक रहेको छ । बैंकले यो अवधिमा ७१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सर्वाधिक नाफा कमाउने तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले यो अवधिमा ६३ करोड ४२ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो महिनामा राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख, नेपाल बैंकले ५५ करोड २७ लाख, प्राइम बैंकले ५० करोड ४९ लाख, कुमारी बैंकले ४९ करोड २४ लाख, एभरेष्ट बैंकले ४८ करोड ३९ लाख, एनएमबि बैंकले ४६ करोड ६७ लाख, हिमालयन बैंकले ४० करोड ८९ लाख र सिद्धार्थ बैंकले ४० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

त्यस्तैगरी,  यो अवधिमा लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख, सानिमा बैंकले ३९ करोड २ लाख, एनआइसी एशिया बैंकले ३१ रकोड ९३ लाख, प्रभू बैंकले ३० करोड २३ लाख, सिटिजन बैंकले २७ करोड २४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २७ करोड १६ लाख, माछापुच्छ्रे बैंकले २६ करोड ५२ लाख, नेपाल एसबिआई बैंकले १५ करोड ८९ लाख र कृषि विकास बैंकले ३७ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १३:०४