२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

प्रहरीलाई घुस दिन खोज्ने नुवाकाेटका विर बहादुर लामा पक्राउ

११ माघ, काठमाडौं ।  महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले प्रहरीलाई घुस दिन खोज्ने नुवाकाेटका विर बहादुर लामालार्इ  प्रहरीले पक्राउ गरेको छ । बिहीबार बेलुका ७ बजेदेखि १० बजेसम्म नागार्जुन नगरपालिका–४ एरियामा चेकजाँच गर्ने क्रममा प्रहरीलाई घुस दिन खोज्दा लामालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

मादक पदार्थ सेवन गरेर बा९९प. २५६० नम्बरको मोटरसाईकल चलाएका लामाले प्रहरीलाई नगद  २ हजार रूपैयाँ घुस दिन खोजेकाे प्रहरीले जनाएकाे छ ।  लामाकाे मोटरसाईकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 19:44