२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनको कति ?

३१ भदौ, काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकको ब्याजदर भदौको तुलनामा असोजमा घटेको छ।

२० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने ९ वटाले घटाएका छन् । दुई वटा बैंकले भने ब्याजदर बढाएका छन् । भदौ महिनामा ५.५७ प्रतिशत  रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, असोजमा घटेर ५.४६ प्रतिशत कायम भएको छ ।

असोज महिनाका लागि स्ट्याण्डर्ड चार्टड बैंक र लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएका हुन् । ब्याजदर घटाउनेमा हिमालयन बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक रहेका छन् ।

असोज महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एभरेष्ट बैंक

एभरेष्ट बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५.२५ र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.७५ र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंक

सानिमा बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ । भदौ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

एनआईशी एशिया बैंक

एनआईसी एशिया बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

नेपाल बैंक लिमिटेड

बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर ५.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर दिने भएको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपतर्फ ब्याजदर ५.४ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.७५ प्रतिशत ब्याजदर दिएको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले असोज महिनाका ब्याजदर घटाएको छ ।  बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३.१ प्रतिशत ब्याजदर दिएको थियो ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.१८ प्रतिशत र संस्थागततर्फ ४.१८ प्रतिशत ब्याजदर ताेकेकाे छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।

कृषि विकास बैंक

बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बेंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२० प्रतिशत र संस्थागततर्फ २.८५ प्रतिशत ब्याजको व्यवस्था गरेको थियो ।

कुमारी बैंक

कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर कायम गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.२१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर ताेकेकाे थियो ।

प्रभु बैंक

प्रभु बैंकले  असोज महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.३५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

ग्लोबल आइएमई बैंक

बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर निर्धरण गरेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

एनएमबी बैंक

बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

माछापुच्छ्रे बैंक

बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर बढाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ५.१८ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.१३ प्रतिशत ब्याज दिएको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर ताेकेकाे छ ।

नबिल बैंक

बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर बढाएको छ भने संस्थागत निक्षेपतर्फको स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १०:२७