राजनीतिक माग पुरा नहुने भन्दै अनसन ताेड्न गोविन्द केसीलाई शिक्षामन्त्री पोखरलकाे सुझाव
११ माघ, काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणी पोखरलले अनसनरत डा. गोविन्द केसीलाई अनसन ताेड्न सुझाव दिएका छन। आजको प्रतिनिधिसभाको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि पोखरेलले यस्तो सुझाव दिएका हुन्।

अाज पारित भएकाे विधेयक सहि ढंगले अघि बढेको बताउँदै मन्त्री पोखरलले केसीका स्वास्थसँग सम्बन्धित माग ठिक भएपनि उनका राजनीतिक माग पुरा नहुने बताए । आगामी वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुने र यसका लागि डा गोविन्द केसीको मागअनुरुप साझा प्रवेश परीक्षा बनाउने तय भएको उनले बताए।
प्रकाशित मिति : January 25, 2019 at 6:09 pm









