१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

संसद भवन अगाडि विरोध प्रर्दशन गरिरहेका नेविसंघका महामन्त्री कुन्दन काफ्ले पक्राउ

११ माघ, काठमाडौं  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका महामन्त्री कुन्दन काफ्लेसहित केही कार्यकर्ता पक्राउ परेका छन् । संसदबाट विधेयक पारितपछि संसद भवन अगाडि विरोध प्रर्दशन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

 नेविसंघले विधेयकविरुद्ध लगातार आन्दोलन गरिरहेको छ । मातृ पार्टी विरोधमा उत्रँदा नेविसंघले समेत सघाइरहेको छ ।

प्रकाशित मिति : January 25, 2019 at 4:56 pm