राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएकाेमा युवा विद्यार्थीले टिचिङमा दीप प्रज्वलन गर्ने
११ माघ, काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबााट पारित भएकाेमा युवा विद्यार्थीले त्रिवि शिक्षण अस्पतालमा दीप प्रज्वलन गर्ने भएका छन । अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, युवा संघ र वाईसीएल लगायतका संगठनले संयुक्तरूपमा दीपप्रज्वलनकाे तयारी गरेकाे अनेरास्ववियुका महासचिव ऐन महरले दैनिकीलाई जानकारी दिए । विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच शुक्रबार संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ ।

प्रकाशित मिति : 16:11







