१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

विभिन्न देशले निकालेको सयुक्त विज्ञप्तीप्रति प्रधानमन्त्री ओली असन्तुष्टि 

११ माघ, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आन्तरिक मामिलामा गठबन्धन बनाएर विभिन्न देशले सयुक्त विज्ञप्ती निकालेको राम्रो काम नभएको भन्दै असन्तुष्टि जनाएका छन् । सयुक्त राष्ट्रसंघ, युरोपियन युनियन तथा काठमाडौंस्थित ८ वटा पश्चिमा मुलुकका दूतावासले बिहिवार सयुक्त विज्ञप्ती जारी गर्दै संक्रमणकालीन न्यायबारे जनतालाई प्रष्ट पार्न सरकारसग आग्रह गरेका थिए । सोही विज्ञप्तीमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनु भएको हो ।

स्विटजरल्यान्डको ज्यूरिचमा नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनलेले केही एम्निष्टहरु नचाहिदो ढंगले ताल्लिएको, सयुक्त वक्तव्यहरु निकालेको भन्दै यसप्रकारको गठजोड गर्नु यसप्रकारको गुठबन्धी गर्नु कुनै जरुरी नरहेको स्पष्ट पारेका छन् ।

उनले शान्तिप्रक्रिया टुग्याउने दिशामा रहेकाले सबैले यसमा सहयोग पुग्ने खालको काम गर्नुपर्नेमा जोड दिएका छन् । फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपाललाई विकासको गतिमा तिव्र रुपमा अगाडी लैजान सरकारले काम गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : January 25, 2019 at 11:52 am