२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

काठमाडाैँमा आज पनि पानी पर्ने सम्भावना

११ माघ, काठमाडाैँ । काठमाडाैँमा आज पनि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाकी मौसमविद् शान्ति कडेलका अनुसार  काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली भएको छ भने दिउँसो काठमाडाैँमा पानी पर्ने सम्भावना रहेको छ ।

कडेलका अनुसार अहिले पूर्वका केही स्थान र पश्चिमका दिपायल, डडेल्धुरा लगायतका क्षेत्रमा वर्षा भइरहेको छ। यस्तै उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ। आज दिउँसो देशैभर पूर्ण रूपमा मौसम खुल्ने सम्भावना नरहेको उनले बताइन्।

प्रकाशित मिति : 09:46