६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सागर डिष्टिलरीको आईपीओ निष्काशन स्थगित, अब कहिले खुल्छ ?

२५ भदौ, काठमाडौं । सागर डिष्टिलरीले आज (भदौ २५ गते) देखि सर्वसाधारणमा निष्काशन गर्न लागेको आईपीओ अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

बुधबार एक सूचना जारी गर्दै कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गरी उक्त आईपीओ निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

प्रकाशित मिति : 12:28