२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकास दिने मन्त्रीपरिषद्को  निर्णय 

१० माघ, काठमाडौं । सरकारले पछिल्लो मन्त्रीपरिषद्को बैठकमा गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकास गर्ने  निर्णय गरेको छ । बैठकले उद्योगका कर्मचारीहरुलाई अनिवार्य अवकास दिने निर्णय गरेको हो ।

अवकास बापत पाउने सुविधा दिनुअघि बक्यौता बुझाउनुपर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । गोरखा नगरपालिका-१३, मझुवा देउरालीमा रहेको रबर उद्योग २०७१ चैतदेखि बन्द छ ।

 

प्रकाशित मिति : 17:32