नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने प्रहरी हवल्दार चन्द्रा भण्डारी विरुद्ध भ्रष्टाचार मुद्दा
१० माघ, काठमाण्डाै । नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएकै आरोपमा प्रहरी हवल्दार चन्द्रा भण्डारीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । चन्द्रा भण्डारीले भारतबाट दश पास गरेको नक्कली प्रमाणपत्र बनाएर प्रहरी जवानमा जागिर खाएको देखिएकोले आज विशेष अदालतमा मुद्दा दर्ता गराइएको अख्तियारका प्रवक्ता रामेश्वर बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 16:59









