रसुवा फोटो पत्रकार महासंघमा सुशील कोइराला
९ माघ, रसुवा । रसुवामा पहिलो पटक नेपाल फोटो पत्रकार महासंघ तदर्थ समिति गठन भएको छ । महासंघ जिल्ला शाखा रसुवाको सहयोगमा रसुवामा कार्यरत पत्रकारको भेलाले समितिका संयोजकमा ‘नेपाल टेलिभिजन’का रसुवा समाचारदाता सुशील कोइरालालाई चुनेको छ ।

सहसंयोजकमा ‘कान्तिपुर’का बलराम घिमिरे, सचिवमा ‘नागरिक’का हिमनाथ देवकोटा, कोषाध्यक्षमा रेडियो लाङटाङकी पूर्णिमा स्याङ्वा तथा सदस्यमा ‘जालपा एफएम’का प्रभाकर अधिकारी, ‘टिभी टुडे’ र त्रिशूली प्रवाह’ साप्ताहिककी सरस्वती न्यौपाने, ‘नयाँ प्रवाह अनलाइन डटकम’का साहस न्यौपाने, ‘नयाँँ पत्रिका’की अनु आचार्य र ‘रेडियो रसुवा’का दीपक लामा चयन हुनुभएको छ ।
सो अवसरमा नेपाल फोटो पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरिप्रसाद रेग्मी र नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाको उपस्थिति थियो ।
प्रकाशित मिति : 22:52







