२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

मालपोतका खरिदार संजय कुमार ठाकुर ५० हजार घुससहित पक्राउ

९ माघ, काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय, नेपालगन्ज बाँकेमा कार्यरत खरिदार संजय कुमार ठाकुर ५० हजार घुससहित पक्राउ परेका छन् ।

जग्गा रजिष्ट्रेसन पास गर्दा लाग्ने कर राजश्व छुट गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय नेपालगन्ज कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : 21:15