१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१६ भदौ,काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १२.९१ अंकले बढेर २७६२.७४ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज २८ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको हाे । त्यस्तै, यस दिन एभरेष्ट बैंकको २४ करोड ४४ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको २१ करोड ८१ लाख रुपैयाँ, नेपाल इन्फ्रास्टक्चरको २० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १५:१९