२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

असईको हत्या आरोप लागेका दीपेन्द्र चौधरीकाे प्रहरी  इन्काउन्टरमा मृत्यु 

९ माघ, सप्तरी । असईको हत्या र हबल्दारलाई घाइते बनाएको आरोप लागेका दीपेन्द्र चौधरीकाे प्रहरी  इन्काउन्टरमा मृत्यु  भएकाे छ ।  राजविराज रुपनी सडकखण्ड अन्तर्गत रायपुर नजिकै प्रहरी कार्वाहीमा सप्तरीको कडरबोना निवासी चौधरीकाे  मृत्यु भएकाे हाे ।

सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बुधबार बिहान ४ बजे गस्तीमा खटिएको प्रहरी टोलीमाथि एक राउण्ड फायर गरेपछि जवाफी फायरिङ् गर्दा उनको मृत्यु भएको बताए ।

एसपी बिष्टका अनुसार चौधरीले पाँच वर्षअघि असई रमेश सुव्वाको हत्या गरेका थिए भने एक साताअघि सप्तरीको खड्ग नगरपालिकामा प्रहरी हबल्दार महेन्द्र सतरामाथि गोली प्रहार गरेका थिए ।

यस्तै इलाका प्रहरी कार्यालय कडरबोना नजिकै केही वर्षअघि चौधरीले नै बम बिष्फोट गराएको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार मृतक चौधरीको साथबाट एक राउण्ड कटुवा पेस्तोल समेत बरामद भएको छ ।

प्रकाशित मिति : 10:11