नेपाली सेनाका पूर्वअधिकारीको भिजिटिङ कार्ड देखाएर ठगी धन्दा गर्ने मदनजंग शाह पक्राउ
८ माघ, काठमाडौं । नेपाली सेनाका पूर्वअधिकारीको भिजिटिङ कार्ड देखाएर ठगी धन्दा गर्ने मदनजंग शाह पक्राउ परेका छन् । उनलार्इ प्रहरीले शान्तिनगरबाट पक्राउ गरेको हो । काठमाडौं–४ मा बस्दै आएका मदनजंगले पूर्वजर्नेल आदित्यबहादुर शाहको नाम लिएर ठगी गर्दै आएकाे महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले बताएका छन् ।
पूर्वजर्नेललाई दिइएको उद्योग मन्त्रालयको अस्थाइ प्रवेश कार्डमा आफ्नो तस्वीर राखेर उनले प्रयाग कार्कीलाई एमबीबीएसको आरक्षण कोटामा नाम निकाल्दिछु भन्दै ४ लाख रुपैयाँ लिएको र सिन्धुलीस्थित आरती होटलमा सञ्चालकलाई मालपोतमा छुटमा पूर्जी मिलाइदिन्छु भनेर ७ लाख रुपैयाँ लिएको खुल्न अाएकाे छ । प्रलोभन देखाएर खसीसमेत लगेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ ।
प्रकाशित मिति : 20:26









