गोंगबुमा गोली चल्यो, प्रहरीमाथि जाइलाग्ने एक जना पक्राउ
८ माघ, काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुमा प्रहरीमाथि जाइलाग्नेहरूमाथि गोली चलाएकाे छ । प्रहरीले गाेली चलाएर हतियार कारोबारी काभ्रेका अभिलास तामाङलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाकाले गोंगबुको होटल नक प्रा.लि.मा हतियारसहित हिँडिरहेको सूचना पाएपछि परिसरबाट गएको टोलीसँग जम्काभेट भएको र प्रहरीमाथि जार्इ लागेकाे कारण गोली चलाउने परेको बताएका छन् ।
प्रकाशित मिति : 18:21









