७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

आईपीओ निष्कासनको प्रस्तावसहित सोपान मल्टिपलले बाेलायाे साधारणसभा

१२ भदाै, काठमाडाैं । सोपान मल्टिपल कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा बाेलाएकाे छ ।  कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले असोज २ गते ललितपुरको बालकुमारीमा रहेको हर्ष बाटिकामा साधारण सभा बाेलाएकाे हाे । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्रमा सर्वसाधारणका लागि छुट्टाइएको साधारण सेयरको प्रचलित धितोपत्र सम्बन्धि कानून तथा कम्पनी ऐनमा भएको व्यवस्थाबमोजिम कम्पनीयोग्य भएमा धितोपत्र बोर्डबाट स्वीकृती लिई प्रिमियम मूल्यमा र योग्य नभएमा अंकित मूल्यमा नै सर्वसाधारणमा आईपीओ जारी गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशाधेन गर्न नियमनकारी निकायबाट निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०७ रुपैयाँमा आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो पूँजी १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ पुर्याउने योजना बनाएको छ । जस अन्तर्गत संस्थापकतर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता हिस्सा रहने छ भने २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता बराबरको आईपीओ जारी गर्ने तयारी कम्पनीको छ ।

प्रकाशित मिति : August 28, 2025 at 9:57 am