७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ भदौ, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आव २०८१/८२ का लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्दैछ। यसको अर्थ भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले भदौ २५ गतेकाठमाडौंको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि १७ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाले अनुमोदन गरेपश्चात प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : August 28, 2025 at 9:33 am