धादिङको धुँवाकोटमा भतिजले खुकुरी प्रहार गरी अाफ्नै काकीको हत्या गरे
८ माघ, धादिङ । धादसङकाे धुँवाँकाेटमा भतिजले खुकुरी प्रहार गरी अाफ्नै काकीकाे हत्या गरेका छन् । नीलकण्ठ नगरपालिका–१४ रातमाटेकी मोनिका आले मगरकाे मंगलबार बिहान हत्या भएको हाे ।
भतिजो नाता पर्ने १६ वर्षीय सुमन आलेमगरले वस्तुलाई घाँस लिन घर बाहिर निस्किएकी २५ वर्षीया काकीकाे खुकुरी हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।
गाउँकाले महिलालाई खुकुरीले जथाभावी काटेको देखेपछि उद्धारका लागि गाउँलेहरु घटनास्थल पुग्दा आरोपित सुमन फरार भइसकेका थिए भने मोनिकाको स्वास नली काटिएर मृत्यु भइसकेको थियो ।
घटनाको अनुसन्धान सुरु गरिएको र आरोपितको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लगिएको प्रहरीले जनाएको छ । मृतकको एक ५ वर्षीया छोरी छिन् भने उनका पति नेपाली सेनामा कार्यरत छन् ।
प्रकाशित मिति : 15:30









