रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्थायी र करार शिक्षकहरु फेरि आन्दोलित
८ माघ, काठमाडाैँ । रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्थायी र करारमा कार्यरत शिक्षकहरु अस्थायी र करार शिक्षकहरु फेरि आन्दोलित भएका छन । रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै अाएका उनीहरूले मंगलबार भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिए ।
शिक्षकहरूले आफूहरुको रोजगारीको ग्यारेन्टी गर्न सरकारलाई दबाब दिँदै अाएका छन । रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न उनीहरूले माग गरेका छन ।

माग पूरा गराउनका लागि सम्बन्धित निकायमा पुनः धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गरिएको संघर्ष समितिका संयोजक हेमनाथ चौंलागाईँले बताए । संघर्ष समितिले विगतमा गरिएको सहमति अनुसार आफूहरुलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्न मा गरेका छन ।
प्रकाशित मिति : 13:44









