२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्थायी र करार शिक्षकहरु फेरि आन्दोलित

८ माघ, काठमाडाैँ । रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्थायी र करारमा कार्यरत शिक्षकहरु अस्थायी र करार शिक्षकहरु फेरि आन्दोलित भएका छन । रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै अाएका उनीहरूले मंगलबार भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिए ।

शिक्षकहरूले आफूहरुको रोजगारीको ग्यारेन्टी गर्न सरकारलाई दबाब दिँदै अाएका छन । रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न उनीहरूले माग गरेका छन ।

फाइल फोटो ।

माग पूरा गराउनका लागि सम्बन्धित निकायमा पुनः धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गरिएको संघर्ष समितिका संयोजक हेमनाथ चौंलागाईँले बताए । संघर्ष समितिले विगतमा गरिएको सहमति अनुसार आफूहरुलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्न मा गरेका छन ।

प्रकाशित मिति : 13:44