५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

डा केसीलाई चिकित्सा शिक्षा विधेयक पारित भएकोमा उत्सव मनाउने तयारी गर्न भट्टराईको आग्रह

८ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले डा गोविन्द केसीलाइ चिकित्सा शिक्षा विधेयक भएकोमा उत्सव मानाउन अाग्रह गरेका छन । सामाजिक सञ्जालमा मार्फत नेता भट्टराईले केसीले विधेयक पारिस भएपछि खुशी मनाउनुपर्ने बताए । उनले भनेका छन, ‘चिकित्सा शिक्षा विधेयकलाई विद्यार्थी र जनतामुखी बनाउन भर्खरै यहाँले गर्नु भएको अपिललाई हार्दिक स्वागत र सम्मान गर्दछु ।

चिकित्सा शिक्षाको सुधारका लागि यस् अघि बनेका विभिन्न आयोग, समिति तथा कार्यदलका सुझाव, विभिन्न राजनीतिक दल तथा संघ/ संगठनका सुझाव र माननीय सदस्यहरुका संशोधन प्रस्ताव अनि तपाईंले गर्नुभएको आन्दोलनसमेतका आधारमा चिकित्सक शिक्षा विधेयक राष्ट्र, जनता र विद्यार्थीको हितमा रहेको कुरा यहाँलाई विश्वाश दिलाउन चाहन्छु,’ भट्टराईले लेखेका छन्, ‘कुनै कमीकमजोरी रहेमा यहाँ र यहाँजस्तै व्यक्तित्वको सुझावमा सुधार गर्दै जाने कुरामा ढुक्क रहनसमेत अनुरोध गर्दछु। चिकित्सक शिक्षा विधेयक संसदबाट पारित भैरहदा तपाईंको समेत ऐतिहासिक जितका रूपमा उत्सव मनाउन तपाईंलाई मेरो निवेदन छ।’

गोविन्द केसीको अनसनका नाममा विभिन्न धन्दा सञ्चालन गर्दै अाएका व्यक्तिहरू भने विधेय पारित हुने अवस्थामा पुगेको भन्दै चिन्तित भएका छन ।

प्रकाशित मिति : January 22, 2019 at 1:27 pm